काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५४ हजार ८११ दशमलव ५७ कित्ता संस्थापक शेयर आजबाट विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता १२० रुपैयाँ अंकित मूल्यमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी बैंकले दिएको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।