काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिइकाई खुद मूल्य जेठको तुलनामा असारमा बढेको छ । योजनाले सार्वजनिक गरेको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार जेठ मसान्तसम्म ९ रुपैयाँ ९० पैसा रहेको प्रतिइकाई खुद मूल्य असार मसान्तसम्म १० रुपैयाँ ६८ पैसा कायम भएको छ ।
सातवर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ५ करोड ६० लाख इकाई जारी गरेको थियो । असार मसान्तसम्म योजनाको खुद सम्पत्ति ५९ करोड ८१ लाख रुपैयाँभन्दा बढी छ ।
असार मसान्तसम्म योजनाको नाफा ३ करोड ८१ लाख रुपैयाँभन्दा बढी भएको छ । जेठ मसान्तसम्म योजना ५५ लाख ७१ हजार रुपैयाँभन्दा बढी नोक्सानीमा थियो ।
धितोपत्रमा गरेको लगानीको परल मूल्य असार मसान्तसम्म ५८ करोड ३९ लाख ८५ हजार रुपैयाँभन्दा बढी छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजार मूल्य भने ५५ करोड ३२ लाख रुपैयाँभन्दा बढी मात्र कायम छ ।