काठमाडौं । सिटिजन्स सुपर ३० म्युचुअल फण्डले असार मसान्तसम्म ६ करोड १२ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । जेठ मसान्तसम्म ३ करोड २७ लाख रुपैयाँभन्दा बढी नाफा गरेको योजनाले असार मसान्तसम्म नाफा बढाएको हो ।
असार मसान्तसम्म योजनाले ७ करोड ५९ लाख रुपैयाँभन्दा बढी जम्मा आम्दानी गरेको छ भने १ करोड ४७ लाख रुपैयाँभन्दा बढी जम्मा खर्च गरेको छ । जेठ मसान्तसम्म योजनाको जम्मा आम्दानी ४ करोड ६४ लाख रुपैयाँभन्दा बढी र जम्मा खर्च १ करोड ३६ लाख रुपैयाँभन्दा बढी थियो । असारमा योजनाको आम्दानीसँगै खर्चमा समेत वृद्धि भएको छ ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ७ करोड ५० लाख ७२ हजार ३९० इकाई विक्री गरेको थियो । असार मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ४ पैसा कायम छ । ४६ करोड ९३ लाख रुपैयाँभन्दा बढी धितोपत्रमा लगानी गरेको योजनाको लगानीको बजार मूल्य भने ४६ करोड ६५ लाख रुपैयाँभन्दा बढी मात्र छ । असार मसान्तसम्म योजनाले बैंक मुद्दती निक्षेपमा भने ६ करोड रुपैयाँ लगानी गरेको छ । योजनाको असार मसान्तसम्म खुद सम्पत्ति भने ८२ करोड २४ लाख रुपैयाँभन्दा बढी छ ।