काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेड (सलिको)ले मधेश प्रदेशका आठओटै जिल्लामा न्यानो कम्बल वितरण कार्यक्रम शुरू गरेको छ । उक्त कार्यक्रमअन्तर्गत कम्पनीले सोमवार पर्साको पकाहमैनपुर गाउँपालिका–४ का ७० जना स्थानीयलाई कम्बल वितरण गरेको बताइएको छ । उक्त कार्यक्रममा वडा नं ४ का अध्यक्ष भेडीप्रसाद यादव, नेपाल बीमा प्राधिकरण मधेश प्रदेशका सहायक निर्देशक रोशन महासेठ, सलिकोका मधेश प्रदेश प्रमुख निशान्तकुमार लामिछाने, शाखा प्रमुख सन्दिप सिंह ठकुरी, स्थानीय अयोध्या प्रसाद चौहानको उपस्थिति थियो ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.