काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष (०७९/८०)को तुलनामा गत वर्षमा ३२ दशमलव ३४ प्रतिशत घटेको छ ।
कम्पनीले अघिल्लो वर्ष रू. ७५ लाख ८२ हजार नाफा कमाएकोमा गत वर्ष रू. ५१ लाख ३० हजारमा सिमित भएको हो । गत वर्ष कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा धेरै रकम छुट्याएको नाफा प्रभावित भएको हो । अघिल्लो वर्ष कम्पनीले सम्भावित जोखिम बापत रू. १ करोड ७४ लाख छुट्याएकोमा गत वर्ष रू. ३ करोड ३१ लाख छुट्याएको छ ।
कम्पनीको खुद ब्याज आम्दानी भने अघिल्लो वर्षको तुलनामा गत वर्ष ४ दशमलव ७८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष कम्पनीको खुद ब्याज आम्दानी रू. १ करोड ९३ लाख रहेकोमा गत वर्ष बढेर रू. २ करोड २ लाख पुगेको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा अघिल्लो वर्षको तुलनामा गत वर्ष केही बढेको छ । अघिल्लो वर्ष कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ७८ प्रतिशत रहेकोमा गत वर्ष बढेर ४ दशमलव ८२ प्रतिशत पुगेको हो ।
चुक्ता पूँजी रू. २ करोड २८ लाख रहेको कम्पनीले गत आवको चौथो त्रैमास सम्ममा जगेडामा रू रू. २ करोड ९६ लाख सञ्चिती गरेको छ । गत वर्ष कम्पनीले रू.२४ करोड ६५ लाख सापटि लिएर,रू. १६ करोड ५ लाख निक्षेप संकलन गरेर रू. ४४ करोड २७ लाख कर्जा लगानी गरेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ २ सय २९ रुपैयाँ ९७ पैसा र तरलता अनुपात ३ दशमलव ७० प्रतिशत रहेको छ ।