काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् ।
कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले २०८२ वैशाख १ गतेदेखि लागु हुने गरी ४ वर्षको लागि उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि कम्पनीका सीईओ रहेका टीका निधि लोहनीले राजीनामा दिएपछि घिमिरेलाई उक्त पदमा नियुक्त गरिएको हो । बैठकले लोहनीको राजीनामासमेत स्वीकृत गरेको छ ।
घिमिरेको कार्यकाल शुरु नभएसम्मका लागि कम्पनीले संस्थाका नायब महाप्रबन्धक विनोद राज पौडेललाई कामु सीईओको जिम्मेवारी दिएको छ ।