काठमाडौँ । संसद्मा देखिएको गतिरोध हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रमुख ३ दलका शीर्ष नेताहरूबीच छलफल भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को गतिरोध हटाउन ३ दलका शीर्ष नेताको उक्त छलफल आह्वान गर्नुभएको हो ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव देव गुरुङ, संसदीय दलका नेता हितराज पाण्डे र महेन्द्र राय यादव‚ गृहमन्त्री रमेश लेखकसहित कांग्रेसबाट पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलालगायत सहभागी रहेका छन् ।