काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न नचाहने शेयरधनीलाई सोही अनुसारको स्वघोषणा पत्र बुझाउन अनुरोध गरेको छ । कम्पनीले आज (सोमवार) एक सूचना जारी गरी उक्त कुराको जानकारी दिएको हो ।
कोहि संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वको संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत गर्न ईच्छुक नभएमा सोहि अनुसारको घोषणा गरी सूचना प्रकाशित भएको (असोज ३१) मितिदेखि ७ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर काठमाडौंमा वा कम्पनीको इमेल ठेगानामा उपलब्ध गराउन कम्पनीले अनुरोध गरेको छ ।
उक्त समयभित्र उपरोक्त बमोजिमको स्वघोषणा पत्र संस्थापक शेयरधनीबाट प्राप्त नभएमा संस्थापक शेयरधनीले संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न स्वीकृति प्रदान गरेको मानिने समेत कम्पनीले जनाएको छ ।
कम्पनीले साउन २४ गते बसेको साधारणसभाबाट पारित भए बमोजिम कम्पनीको संस्थापक तथा साधारण शेयरको वर्तमान अनुपात ७०ः३० मा परिवर्तन गरि संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।