logo
सोल्टी होटलले कमायो १० करोड ३२ लाख नाफा, जगेडा कोष ३२.५७ % बढ्यो
सोल्टी होटलले कमायो १० करोड ३२ लाख नाफा, जगेडा कोष ३२.५७ % बढ्यो
२६ कार्तिक २०८०

काठमाडौं । सोल्टी होटल लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार होटलले पहिलो त्रैमासमा रू. १० करोड ३२ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा भने ८ दशमलव ६८ प्रतिशत कम हो । सो अवधिमा होटलले रू. ११ करोड २० लाख नाफा कमाएको थियो । चालू आवमा होटलको आम्दानीमा कमी आएकाले नाफा घटेको हो । 

गत आवमा होटलको आम्दानी रू. ४१ करोड ३२ लाख आम्दानी भएकोमा चालू आवमा घटेर रू. ३९ करोड ९६ लाखमा झरेको हो । त्यस्तै होटलको जगेडा कोष भने गत आवको तुलनामा चालू आवमा ३२ दशमलव ५७ प्रतिशत वृद्धि भएको छ । गत आवमा होटलले जगेडामा रू. ९९ करोड ८७ लाख सञ्चिति गरेकोमा चालू आवमा त्यो रकम बढाएर रू. १ अर्ब ३२ करोड पुर्‍याएको छ । 

त्यस्तै होटलको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १.१६ रुपैयाँ कायम भएको छ । गत आवमा होटलको प्रतिशेयर आम्दानी १ रुपैयाँ ३३ पैसा थियो । पीई रेशियो ३३९.७४ गुणा रहेको होटलको प्रतिशेयर नेटवर्थ २४ रुपैयाँ ९७ रुपैयाँ छ ।

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.