असार २, काठमाडौं । बिहीवार स्पेशल प्रि-ओपन सेसनमा रिभर फल्स पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको प्रि-ओपन सेसनमा प्रतिकित्ता रू. २६३ दशमलव ९० मा पहिलो कारोबार भएको हो ।
कम्पनीको बुधवार ७० लाख कित्ता साधारण शेयर सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. ८७ दशलमव ९८ देखि २६३ दशलमव ९४ तोकेको हो ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको ७ लाख कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको २७ लाख ३० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ३५ लाख ७० हजार कित्ता गरी कुल ७० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।
साथै, कम्पनीले सूचीकरण पछि दिनुपर्ने आरटिएस सेवा प्रभु क्यापिटल लिमिटेडबाट हुने जानकारी दिएको छ ।