सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नसक्दा पोल्ट्री व्यवसायीहरू पलायन हुन थालेका हुन् । कुखुरा व्यवसायमैत्री नीतिनिर्माण गर्न सकेको भए एकैपटक यति धेरै व्यवसायी पलायन हुने अवस्था आउँदैनथ्यो । नेपालमा कुखुराको व्यवसाय गर्नेको संख्या १ लाख पुगिसकेको थियो तर, लगानीमैत्री वातावरण नहुँदा यो व्यवसायबाट १० प्रतिशत व्यवसायी पलायन भइसकेका छन् ।
कोल्ड स्टोरेजको उचित व्यवस्था नभएकाले पनि केहीले यो व्यवसाय छोडेका हुन सक्छन् । चालू आर्थिक वर्षको ७ महीनामा मात्र १० हजार पोल्ट्री व्यवसायी यस क्षेत्रबाट बाहिरिनु अत्यन्त दु:खद विषय हो । यो व्यवसाय छोड्दा व्यवसायीलाई झन्डै ६० करोड रुपैयाँ घाटा भएको छ ।
साउन महीनासम्मको तथ्यांक हेर्ने हो भने नेपालको पोल्ट्री व्यवसायमा करीब ६ अर्ब रुपैयाँ लगानी भएको थियो । अब यो घट्ने क्रममा छ । सरकारले यस अवधिमा नीतिगत सहयोग गरेको भए नेपाल अहिलेसम्म अन्डा तथा मासुमा आत्मनिर्भर भइसक्थ्यो ।
(राष्ट्रिय कुखुरा विक्री व्यवसायी सङ्घका अध्यक्ष जङ्गबहादुर बीसीसँगको कुराकानीबाट) वर्ष ८, अंक १५४, बुधवार, ९ फागुन, २०६९