काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले चालक साझेदारहरूको सशक्तीकरण र सामुदायिक संलग्नतालाई थप मबजुत बनाउन ‘दि बेटर ड्राइभ इनिसिएटिभ मनी, माइन्ड, म्यानर’ कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा आर्थिक साक्षरता, मानसिक स्वास्थ्य र कल्याण, साथै शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्त्वजस्ता विषय समेटिएका थिए ।
कार्यक्रमको मूल उद्देश्य सुरक्षित, पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माणमा चालक साझेदारहरुलाई आवश्यक ज्ञान सीप र मनोबल प्रदान गर्नु रहेको इनड्राइभले जनाएको छ ।
कार्यक्रममा सहभागी चालकहरूलाई वित्तीय योजना, सडक सुरक्षा सम्बन्धी सावधानीहरू, मानसिक स्वास्थ्य व्यवस्थापन, र उत्कृष्ट ग्राहक सेवा जस्ता पक्षहरूमा सेसन दिइएको थियो ।
कार्यक्रममा इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले भने, ‘हाम्रो चालक साझेदारहरूको सशक्तीकरण केवल प्रविधिको माध्यममा सीमित छैन यो मानव कल्याण, सुरक्षाको प्रत्याभूति, आर्थिक सुदृढता, मानसिक स्वास्थ्यको संरक्षण र उत्कृष्ट सेवा मापदण्डहरूको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको छ ।’
उनले ‘द बेटर, ड्राइभ : इनिसिएटिभ – मनि, माइण्ड, म्यानर’ कार्यक्रममार्फत एकजुट, सुरक्षित, र समर्पित राइड– हेलिङ्ग समुदायको निर्माणमा योगदान पुर्याउने बताए ।