काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
पुस ३ गते दिउँसो बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ४ अर्ब ६५ करोड रुपैयाँको आधारमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले यही पुस २६ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । सभा रुपन्देहीको भैरहवास्थित होटल भिलासामा बिहान ११ बजे गर्ने निर्णय कम्पनीले गरेको हो ।
सभा प्रयोजनका लागि पुस १२ गते एक दिन बुक क्लोज गर्ने जानकारी कम्पनीले दिएको छ । बुक क्लोजको आधारमा पुस ११ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।