काठमाडौं । प्रभु बैंक लिमिटेडले २० हजार २०२ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्रीमा आएको छ । बैंकले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा जारी गर्दा विक्री हुन नसकेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक सर्वसाधारण लगानीकर्ताहरूले आगामी १५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ । दोस्रो बजारमा बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता १०९ रुपैयाँ छ ।