न्यादी हाइड्रोपावरको ३१ लाख कित्ता शेयर विक्री गर्ने
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले ३१ लाख कित्ता शेयर विक्री गर्ने भएको छ । बुटवल पावर कम्पनीको नाममा रहेको उल्लेखित कित्ता शेयर सर्वसाधारणमा विक्री गर्ने निर्णय कम्पनीले गरेको हो ।
कम्पनीले कुल १ करोड ७ लाख ५१ हजार ४५३ कित्ता शेयरमध्ये ३१ लाख कित्ता शेयर भने दोस्रो बजारमा विक्री गर्ने निर्णय गरेको जानकारी कम्पनीले दिएको छ । इच्छुक खरीदकर्ताहरुले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । कम्पनीको केन्द्रिय कार्यालय बुद्धनगर, काठमाडौंमा रहेको छ ।