काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०८०÷८१ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको वैशाख २३ गते साझ बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ४ अर्ब ६४ करोड रुपैयाँको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
यस कम्पनीलाई ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । प्रस्तावित १२ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ कायम हुनेछ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित पश्चा्त मात्र वितरण हुनेछ । यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।