काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ३४ करोड १८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष उल्लेख्य नाफा बृद्धि गरेको हो । यस वर्ष कम्पनीको सञ्चालनबाट हुने आम्दानी २२८ दशमलव २५ प्रतिशत बढेकाले खुद नाफामा उल्लेख्य बृद्धि भएको हो ।
गत वर्ष ६ करोड १ लाख रुपैयाँभन्दा बढी सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष १९ करोड ७४ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ८४ करोड ८० लाख ३ हजार रुपैयाँ रहेको छ भने अदर इक्वीटी ३६ करोड ७८ लाख रुपैयाँभन्दा बढी छ । वित्तीय खर्च गत वर्ष १४ करोड ८५ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष ३ करोड ९ लाख रुपैयाँभन्दा बढी भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ५६ पैसा रहेको छ ।