काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ३३ हजार ३०२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले वैशाख २४ गतेदेखि जेठ ७ गतेसम्म आवेदन पेश गर्न सक्ने गरी अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन दिन पाउने गरी शेयर विक्रीमा ल्याएको हो । संस्थापक समूहमै रहने गरी शेयर विक्री गर्न लागेको जानकारी कम्पनीले दिएको छ ।
कुल कित्ता शेयरमध्ये ४ हजार ३० कित्ता शेयरको मूल्य प्रतिकित्ता ५२५ रुपैयाँ, ५९ हजार ६२२ कित्ता शेयरको मूल्य प्रतिकित्ता ५३० रुपैयाँ र ६९ हजार ६५० कित्ता शेयरको मूल्य प्रतिकित्ता ५३० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम २५० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरुले कम्पनीको केन्द्रीय कार्यालय मोरङ वा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।