काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनामा ७ करोड २ लाख रुपैयाँभनदा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ६ करोड ८५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरको कम्पनीले यस वर्ष २ दशमलव ३७ प्रतिशत बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी २ दशमलव १२ प्रतिशत बढी भएको छ ।
गत वर्ष ११ करोड ५९ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको कम्पनीले यस वर्ष ११ करोड ८३ लाख रुपैयाँभन्दा बढीको विद्युत विक्री गरेको हो । १५ प्रतिशत बोनस शेयर वितरण गरी हाल कम्पनीको चुक्तापूँजी ५६ करोड ७३ लाख २२ हजार रुपैयाँ कायम भएको छ । जगेडा कोष रकम १७ करोड ३९ लाख रुपैयाँभन्दा बढी कायम छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको दिर्घकालिन कर्जा सापटी २ करोड २२ लाख रुपैयाँभन्दा बढी छ भने अल्पकालिन कर्जा सापटी ४ करोड ५४ लाख रुपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५० पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १३० रुपैयाँ ६७ पैसा छ ।