काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको बोनस शेयर मंगलवार सूचीकृत भएको छ । कम्पनीको ६१ लाख २९ हजार १४५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।
बैंकले मंसिर २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले १९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।