काठमाडौं । नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
बुधवार सुनको मूल्य तोलामा १ लाख ५१ हजार रुपैयाँ कायम भएको थियो ।
आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६३३.९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ७९० रुपैयाँ कायम भएको छ । बुधवार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँम कारोबार भएको थियो ।
विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले बिहीवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७४ पैसा र विक्रीदर १३७ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३५ पैसा र विक्रीदर १४२ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७१ रुपैयाँ २५ पैसा र विक्रीदर १७२ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर १५० रुपैयाँ ७० पैसा र विक्रीदर १५१ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६२ पैसा र विक्रीदर ८४ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ०७ पैसा र विक्रीदर ९५ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १रुपैयाँ १६ पैसा र विक्रीदर १रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ७२ पैसा र विक्रीदर आठ रुपैयाँ ७६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र विक्रीदर १८ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र विक्रीदर ३६ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र विक्रीदर ३७ रुपैयाँ ६७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९९ पैसा र विक्रीदर चार रुपैयाँ, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २३ पैसा र विक्रीदर ३७ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ५८ पैसा र विक्रीदर ३० रुपैयाँ ७१ पैसा निर्धारण भएको छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ २५ पैसा र विक्रीदर नौ रुपैयाँ २९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३५ पैसा र विक्रीदर १२ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र विक्रीदर १९ रुपैयाँ ०७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६० पैसा र विक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ६० पैसा र विक्रीदर चार सय ४५ रुपैयाँ ५५ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ७२ पैसा र विक्रीदर ३६४ रुपैयाँ ३१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५५ रुपैयाँ ६३ पैसा र विक्रीदर तीन सय ५७ रुपैयाँ १९ पैसा तोकिएको छ ।
त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।