काठमाडौं । यो साताको कारोबारमा नेप्से परिसूचक फेरि २ हजार ६०० विन्दु तल झरेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ६३० दशमलव ७१ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ५८६ दशमलव २३ विन्दुमा बन्द भएको हो ।
यो साता चार कारोबार दिनमध्ये दुई दिन बजार बढेको थियो भने दुई दिन घटेको थियो । पहिलो कारोबार दिन २१ दशमलव १२ अंक र दोस्रो दिन ३३ दशमलव शून्य ८ अंक घटेको बजार तेस्रो दिन ५ दशमलव १० अंक र चौथो दिन ४ दशमलव ६३ अंक बढेको हो । यो साता नेप्से परिसूचक अंकका हिसाबमा ४४ दशमलव ४८ अंक र प्रतिशतका हिसाबमा १ दशमलव ६९ प्रतिशत घटेको हो ।
यो साता बजारका महत्त्वपूर्ण सबै सूचकहरू घटेका छन् । गत साताको तुलनामा यो साता सेन्सेटिभ इन्डेक्स ७ दशमलव ८९ अंक घटेको छ । यो साता कुल कारोबार रकम १२ करोड ९६ लाख रुपैयाँभन्दा बढीले घट्दा कुल कारोबार कित्ता ८० लाख २० हजारभन्दा बढीले घटेको छ । गत साता १९ अर्ब ४७ करोड ९९ लाख रुपैयाँभन्दा बढीको ५ करोड १८ लाख १४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १९ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको ४ करोड ३७ लाख ९४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
यो साता औसत कारोबार रकम ३ करोड २४ लाख रुपैयाँभन्दा बढीले र औसत कारोबार कित्ता २० लाख ५ हजारभन्दा बढीले घटेको छ । गत साता ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको १ करोड २९ लाख ५३ हजारभन्दा बढी कित्ता औसत कारोबार भएकोमा यो साता ४ अर्ब ८३ करोड ७५ लाख रुपैयाँभन्दा बढीको १ करोड ९ लाख ४८ हजारभन्दा बढी कित्ता औसत कारोबार भएको हो ।
यो साताको कारोबारमा सूचीकृत कम्पनीहरूको धितोपत्र मूल्य ७३ अर्ब ७७ करोड ७४ लाख रुपैयाँले घटेको छ । गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ४३ खर्ब ६३ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ रहेकोमा यो साताको अन्तिम कारोबार दिन ४२ खर्ब ८९ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ कायम भएको हो ।
नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रका कम्पनीहरूको कमजोर वित्तीय अवस्थालाई विशेष निगरानी गरिरहेको अवस्थामा लगानीकर्ताहरू आत्तिएर कारोबार गरिरहेको ब्रोकरहरू बताउँछन् ।
सातागत परिसूचकको तुलना
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,586.23 | 2,630.71 | -44.48 | -1.69 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 443.56 | 451.45 | -7.89 | -1.75 |
कारोबार रकम (रू. हजारमा) | 19,350,282.57 | 19,479,947.20 | -129,664.63 | -0.67 |
कारोबार कित्ता | 43,794,332.00 | 51,814,958.00 | -8,020,626.00 | -15.48 |
औसत कारोबार रकम (रू. हजारमा) | 4,837,570.64 | 4,869,986.80 | -32,416.16 | -0.67 |
औसत कारोबार कित्ता | 10,948,583.00 | 12,953,739.50 | -2,005,156.50 | -15.48 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,289,789.12 | 4,363,566.58 | -73,777.46 | -1.69 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाए
यो साताको कारोबारमा वित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । सबै समूहगत परिसूचकहरू घटेको यो साता वित्त समूहको परिसूचक सर्वाधिक ५ दशमलव ५३ प्रतिशत घटेको छ ।
राष्ट्र बैंकले कमजोर वित्तीय सूचक भएका कम्पनीहरूलाई कारबाही गर्न थालेसँगै वित्त समूहमा विक्री चाप बढेको हो । वित्त समूहसँगै यो साता व्यापारिक समूहको परिसूचक ५ दशमलव ३४ प्रतिशत घटेको छ ।
त्यस्तै बैंकिङको २ दशमलव ६७ प्रतिशत, अन्यको १ दशमलव ९० प्रतिशत, विकास बैंकको १ दशमलव ४४ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव २८ प्रतिशत, लगानीको शून्य दशमलव ९९ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ७४ प्रतिशत, लघुवित्रको शून्य दशमलव ६७ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ४० प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव शून्य ८ प्रतिशत र म्युचुअल फण्डको परिसूचक शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक घटेको छ ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
म्युचुअल फण्ड | 20.29 | 20.3 | -0.05 |
निर्जीवन बीमा | 12,449.90 | 12,460.42 | -0.08 |
होटल तथा पर्यटन | 6,401.48 | 6,427.14 | -0.4 |
जलविद्युत् | 3,480.63 | 3,494.98 | -0.41 |
लघुवित्त | 4,889.33 | 4,922.47 | -0.67 |
जीवन बीमा | 12,400.94 | 12,493.73 | -0.74 |
लगानी | 98.44 | 99.42 | -0.99 |
उत्पादन तथा प्रशोधन | 6,730.79 | 6,817.81 | -1.28 |
विकास बैंक | 5,288.58 | 5,366.11 | -1.44 |
अन्य | 1,903.71 | 1,940.61 | -1.9 |
बैंकिङ्ग | 1,389.85 | 1,427.91 | -2.67 |
व्यापारिक | 4,466.98 | 4,718.85 | -5.34 |
वित्त | 2,903.25 | 3,073.25 | -5.53 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)