दरबारमार्गस्थित सिटिजन बैंकमा खोलिएको एफ-वान सफ्ट इन्टरनेसनल प्रालिको खातामा ह्याकरले अनधिकृत पहुँच बनाइ चोरी गरेको भन्दै २४ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी(विद्युतीय माध्यमबाट) मुद्दामा अभियोग पत्र दर्ता भएको छ ।
धिरज कुमार भुजेलको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दाका प्रतिवादी मध्ये नौ जनालाई पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ भने १५ जना फरारको सूचीमा छन् ।
ह्याकरले सिटिजन बैंकमा रहेको आफ्नो खातामा पहुँच पर्याइ पटक पटक गरी जम्मा रु ३ करोड ५१ लाख ५० हजार ३७२ रुपैया ९० पैसा अनाधिकृत रुपमा निकालिएको भन्दै एफ-वान सफ्टले नेपाल प्रहरीको साइबर ब्युरोमा गत असोज २० गते जाहेरी दिएको थियो। गत असोज १५ देखि १८ गतेको बीचमा यो रकम चोरिएको सफ्टको दाबी छ ।
एफ-वान सफ्ट नेपाली बैंकहरूमा डिजिटल वित्तीय सेवा दिने प्रमुख कम्पनी हो। ईसेवा, फोनपे जस्ता स्थापित डिजिटल पेमेन्ट सफ्टवेयर एफ-वान सफ्टकै हुन्।
यस्तो छ अभियोगपत्र