काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)को अध्यक्षमा पुनः उपेन्द्र पौडेल चयन भएका छन् ।
काठमाडौंमा शुक्रवार सम्पन्न संस्थाको पाँचौं वार्षिक साधारणसभाले नबिल बैंकका अध्यक्ष पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
संस्ठाको वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, कोषाध्यक्षमा एनआइसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल, सचिवमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल र सहकोषाध्यक्षमा गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकी निर्वाचित भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला, ग्लोबल आईएमई बैंकका सञ्चालक राधेश पन्त, एनएमबि बैंकका अध्यक्ष मनोज कुमार गोयल, नेपाल बैंक लि.का अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी, एभरेष्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य, लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, कुमारी बैंकका सञ्चालक राजाराम खड्का, लुम्बिनी विकास बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रोग्रेसिप फाइनान्सका अध्यक्ष लक्ष्मी प्रसाद महर्जन निर्वाचित भएको संस्थाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।