काठमाडौं । लिबर्टी ईनर्जी कम्पनी लिमिटेडले निष्कासन गरेको ५० प्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले मंसिर १६ गतेदेखि पुस ७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर पुस २१ गते बाँडफाँट गरेको हो । कम्पनीले जारी गरेको सूचनामा कति कित्ता हकप्रद शेयर बाँडफाँट गरेको भन्ने उल्लेख छैन ।
कम्पनीले हाल कायम १ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजीका आधारमा ५० प्रतिशत दरले हुन आउने ७५ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा यो हकप्रद शेयर निष्कासन गरेको हो ।
यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक २० गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाएका हुन् । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।