काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले प्रतिशेयर अंकित मूल्य १ सय रुपैयाँ दरका ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।
उक्त आईपीओ निष्कासन गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा विक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।
उक्त क्रममा जस्मिन पेन्ट्सका तर्फबाट कार्यकारी अध्यक्ष लक्ष्मण प्रसाद अर्याल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।
जस्मिन पेन्ट्स लिमिटेड मनकामना समूहअन्तर्गत स्थापित रंग उत्पादक कम्पनी हो ।