काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरूलाई पूर्ण र आंशिक अवधि भुक्तानी रकम लिन आग्रह गरेको छ ।
विभिन्न मितिमा विभिन्न योजनाअन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम नलिएका बीमितहरूलाई कम्पनीले सूचना जारी गरी रकम लिन बोलाएको हो ।
कम्पनीले पूर्ण अवधि भुक्तानी (म्याच्यूरिटी) रकम र आंशिक अवधि भुक्तानी (सर्भाइवल) रकम लिन बाँकी बीमित वा हकवालाले नजिकको शाखा कार्यालयमा सम्पर्क गरी रकम लिन सक्ने जनाएको छ ।