काठमाडौं। पुस १८ मा काठमाडौंमा सम्पन्न नेपाल मुद्रा विप्रेषक संघको १९औं वार्षिक साधारणसभाले रितेश मित्तल (नेपाल रेमिट इन्टरनेशनल प्रालि)को अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा सञ्जय सिग्देल (सूर्य रेमिट प्रालि), महासचिवमा दिवाकर पौडेल (आइएमई लिमिटेड), कोषाध्यक्षमा संजिवकुमार पाठक (एटिटि रेमिट प्रालि) र सचिवमा रामेश्वर सापकोटा (प्रभु मनी ट्रान्सफर प्रालि) चुनिएको संघले जनाएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा विमल महत (सिद्धार्थ बैंक), श्यामप्रसाद लामिछाने (ग्लोबल आइएमई बैंक), मधुसुदन न्यौपाने (प्रभु बैंक) र सुदनसिं सिलवाल (युनाइटेड रेमिट प्रालि) चुनिएको संघले जनाएको छ । संघको विधानअनुसार अध्यक्षले आगामी कार्यसमिति बैठकमा छलफल गरी एकजना सदस्य मनोनीत गर्ने विज्ञप्तिमा उल्लेख छ । साधारणसभा संघका अध्यक्ष चन्द्र टण्डनको सभापतित्वमा सम्पन्न भएको थियो ।