काठमाडौं । नेपाल एसबिआई बैंकले देशभर ७ ओटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार, सुनसरीको दुहबी र तनहुँको दुलेगौंडामा नयाँ शाखा सञ्चालनमा आएका छन् । यी शाखाहरूको उद्घाटन बैंकका अध्यक्ष जयती बन्सलले गरेका हुन् ।
तनहुँको दुलेगौंडा शाखाको उद्घाटन भौतिकरूपमा गरिएको हो भने बाँकी ६ नयाँ शाखाको उद्घाटन भर्चुअल्ली रूपमा गरिएको हो ।
बैंकले नयाँ शाखा सञ्चालनबाट ग्राहकहरूलाई सहज बैंकिङ सुविधा उपलब्ध हुने र स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।
बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट कार्यालय, १२२ एटीएमबाट सेवा दिँदै आएको जनाएको छ ।