काठमाडौं । सरकारले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर बढाएको छ । दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर सोमवार (आज)बाट बढाइएको हो ।
यातायात व्यवस्था विभागका अनुसार त्यस्ता यात्रुवाहक सवारी साधनको भाडादर ३.३० प्रतिशत वृद्धि भएको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर ०.०५ प्रतिशत बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायत मुख्य सूचकमा देखिएको मूल्यवृद्धिको आधारमा सार्वजनिक सवारीको भाडा समायोजन गरिएको समेत विभागले जनाएको छ ।
यसअघि २०८० साउन ३१ गते सार्वजनिक यातायातको भाडादर समायोजन गरिएको थियो ।
कुन गन्तव्यको भाडादर कति ?