काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ ।
कोषले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले कोषको ७ प्रतिशत बोनस शेयरको समायोजन गरेको हो । समायोजन पश्चात कोषको शेयर मूल्य रू.१ हजार ९७१ दशमलव ९६ कायम भएको छ ।
नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
आइतवार दोस्रो बजारमा कोषको शेयर मूल्य रू. २ हजार ११० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात सोमवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।