काठमाडौं । चैत २१ गतेदेखि सार्वजनिक निष्कासनमा आएको विन नेपाल लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने चैत २६ गते मंगलवार अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधिसम्म मात्र आईपीओ निष्कासन गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपयाँ अंकित मूल्यमा ५१ लाख २९ हजार २५० रुपैयाँबराबरको ५१ हजार २९२ दशमलव ५ कित्ता एफपीओ निष्कासन गरेको हो ।
सोमवार साझ ५ बजेसम्म १६ लाख ९३ हजार ८५९ जना आवेदकहरुबाट २ करोड ९१ हजार २५० कित्ता शेयर खरीद माग भएको छ । जुन मागभन्दा करिब ३९२ गुणा बढी आवेदन हुन आउँछ । इच्छुक खरीदकर्ताहरुले कम्पनीको एफपीओमा आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका माग गर्न सकिनेछ । यो एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता २ हजार ७५९ रुपैयाँ शेयरमूल्य भएको यस कम्पनीको एफपीओमा लगानीकर्ताको उच्च आकर्षण देखिएको हो । सर्वसाधारणमा यस अघिनै आईपीओ जारी गरिसकेको कम्पनीले सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको हो । कम्पनीले २०७५ साल वैशाख १२ गतेदेखि १६ गतेसम्म आईपीओ निष्कासन गरी वैशाख २३ गते बाँडफाँट गरेको थियो । धितोपत्र दोस्रो बजारमा २०७५ साल जेठ १७ गते कम्पनी सूचीकृत भएको थियो ।