काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले ट्रेड टावर लिमिटेडलाई आईपीओ निष्कासनका लागि अनुमति दिएको छ । चैत २५ गते बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको हो । यस कम्पनीले २०७९ साल असार १४ गते ११ करोड ५८ लाख ९८० कित्ता आईपीओ निष्कासनको माग गर्दै निवेदन दिएको थियो । बोर्डले कम्पनीले माग गरेकोभन्दा कम आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको हो ।
अन्य समूह अन्तर्गत पर्ने यो कम्पनीले ३२ महिना पछि आईपीओ निष्कासनका लागि स्वीकृति पाएको हो । हाल सस्थापकतर्फ ५१ दशमलव ३० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा ४८ दशमलव ६९६ प्रतिशत शेयर जारी गर्न अनुमति पाएको हो । आईपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।