काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. मदन घिमिरे दोहोरिएका छन् । चैत २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले डा. घिमिरेलाई दोस्रो कार्यकालका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार उनको दोस्रो कार्यकाल पनि चार वर्षको हुनेछ । वैशाख १ गतेदेखि लागू हुने गरी डा. घिमिरेलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको जानकारी कम्पनीले नेप्सेमार्फत गराएको हो ।