काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीहरूले बोनस शेयर सूचीकृत गरेका छन् । नेप्सेमा यो दिन नागरिक लगानीकोषको ४२ लाख ४० हजार ३७२ कित्ता , जीवन विकास लघुवित्तको १८ लाख ८६ हजार ५२६ दशमलव ४६ कित्ता, कालिका लघुवित्तको ३ लाख ५३ हजार ७०५ दशमलव ६५२५ कित्ता र राधी विद्युत कम्पनीको ८ लाख ३३ हजार ९०४ दशमलव ७० कित्ता शेयर सूचीकृत भएको हो ।
नागरिक लगानी कोषको ७ प्रतिशत, जीवन विकास लघुवित्तको १४ प्रतिशत, कालिका लघुवित्तको ९ दशमलव ५० प्रतिशत र राधी विद्युत कम्पनीको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर वापत्को उल्लेखित कित्ता शेयर दोस्रो बजारमा सूचीकृत भएको हो । मंगलवार देखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।