काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ४६ हजार २०० मा कारोबार भएको छापावाला सुन आजका लागि १ लाख ४६ हजार ३०० रूपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार ८१० रूपैयाँमा कारोबार भएको चाँदी आजका लागि १ हजार ७९० रूपैयाँ निर्धारण गरिएको छ ।