काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९०० रूपैयाँले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।
सोमबार प्रतितोला रु १ लाख ४६ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ४७ हजार ८०० निर्धारण भएको छ । यस्तै, सोमबार प्रतितोला रु १ लाख ४६ हजार २०० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु १ लाख ४७ हजार १०० निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु १ हजार ८८५ मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ८७५ निर्धारण भएको छ ।