साउन १८, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा बिहीवार हुँदै छ ।
साधारणसभा होटल हैरिसन प्यालेस बजरगंबलीमार्ग विराटनगरमा बिहान ११ बजे हुने जानकारी दिइएको छ । विशेष साधारणसभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि आवश्यक कार्यहरू गर्न सञ्चालक समितीिलाई अख्यितयारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।