काठमााडैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश नबाड्ने भएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७७/७८ मा वितरण योग्य मुनाफा रहेतापनि सो मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगरी जगेडा कोषमै राख्ने निर्णय गरेको हो ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरको प्रक्रिया अगाडी बढिरहेकोले अहिले तत्काल लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको असोज ९ गते बसेको ३२५ औ सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंठकले सूर्या लाइफ र ज्योति लाइफ विच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक संझौतापत्रमा हस्ताक्षर भइ मर्जर प्रक्रिया अगाडी बढिरहेको हुँदा कम्पनीको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७७/७८ मा रहेको मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको हो । मर्जरका कारण यी दुई कम्पनीको दोस्रो बजारमा शेयर कारोबार भने रोक्का छ ।