काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ । वैशाख ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न कम्पनीले शेयरधनीलाई अनुरोध गरेको हो ।
शेयरधनीले कर बापतको रकम कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल वा कुमारी बैंकको कुनै पनि शाखा कार्यालयबाट बुझाउन सक्नेछन् । कुमारी बैंकमा रहेको खाता नं १२९००९८४०७२०००२० मा शेयरधनीले कर बापतको रकम जम्मा गरेपछि बोनस शेयर प्राप्त गर्नेछन् । त्यस्तै बुक क्लोजको समयमा शेयर रोक्का रहेका शेयरधनीहरूले बोनस शेयर फुकुवा पत्र प्राप्त भएपछि मात्र बोनस शेयर खातामा पठाइने कम्पनीले जानकारी गराएको छ ।
हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्र बोनस शेयर हितग्राही खातामा प्राप्त गर्नेछन् ।