काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले यही पुस २६ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको मैतीदेवीस्थित वैभव पार्टी भेन्युमा सभा गर्ने जनाएको छ । सभा दिनको १२ः३० बजे शुरु हुनेछ ।
सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आवको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।