काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा स्थल प्राविधिक कारणले परिवर्तन गरेको जानकारी दिएको छ । कम्पनीले सभा पुस २१ गते बैभव पार्टी भेन्यू, मैतिदेवी, काठमाडौंमा दिनको १२ः३० बजे शुरु गर्ने जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै सभाले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मङ्सिर २८ देखि पुस २१ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा मङ्सिर २७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् । यसभन्दा अगाडि कम्पनीले कम्पनीको कार्यालय, राममन्दिर मार्ग, बत्तीसपुतलीमा साधारण सभा आयोजना गरेको थियो ।