काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट कम्पनीले वैशाख १९ गते शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ रहेको छ । सोही पूँजी बराबरको हकप्रद शेयर निष्कासनका लागि कम्पनीले अनुमति पाएको हो ।
शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ८० करोड रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।