काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा रू. ३ अर्ब ३० करोड भन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा २४ दशलमव १३ प्रतिशत कमि आएको हो । गत आवको तेस्रो त्रैमाससम्ममा भने कम्पनीले रू. ४ अर्ब ३५ करोड भन्दा बढी नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी बढेपनि इम्पेयरमेन्ट चार्ज बढेका कारण खुद नाफा घटेको हो ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १० दशमलव ४९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३५.५९ प्रतिशत बढेको छ । गत कम्पनीको इम्पेयरमेन्ट चार्ज रू.२ अर्ब ७१ करोड रहेकोमा चालू आवमा बढेर रू. ५ अर्ब २६ करोड पुगेको छ । जसको कारण कम्पनीको सञ्चालन नाफा २२ दशलमव २८ प्रतिशत घटेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ०८ पैसा रहेकोमा चालू आवमा घटेर १२ रुपैयाँ २० पैसामा सिमित भएको हो ।
त्यस्तै कम्पनीको निष्क्रिय कर्जा ३.९६ प्रतिशतबाट बढेर ४ दशमलव ७४ प्रतिशत पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ३६ अर्ब १२ करोड रहेको छ भने तेस्रो त्रैमाससम्ममा जगेडा कोषमा रू. २२ अर्ब ४३ करोड भन्दा बढी सञ्चिती गरेको छ । त्यस्तै रिटेन्ड अर्निङ भने रू. ४२ करोड ३१ लाख ऋणात्मक रहेको छ ।
तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १६० दशमलव ९२, मूल्य आम्दानी अनुपात १४ दशमलव ९१ गुणा र तरलता अनुपात ३२ दशलमव ७१ प्रतिशत रहेको छ ।