काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीवार (आज) सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ ।
कम्पनीको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो हकप्रद शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
कम्पनीले २०८० फागुन २ देखि २२ गतेसम्म निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।