काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म मेरो माइत्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ करोड ३८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ८४६ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले १ करोड ३० लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको इम्पेयरमेन्ट चार्ज घटेकाले सञ्चालन नाफामा सकारात्मक प्रभाव पर्दा खुद नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।
गत वर्ष १ करोड ३६ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १७ करोड ५८ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । इम्पेयरमेन्ट चार्ज गत वर्ष १३ करोड ४९ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ३ करोड ८८ लाख रुपैयाँभन्दा बढी रहेको हो । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३२ करोड रुपैयाँ छ । रिटेन्ड अर्निङ ९ करोड ३७ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष रकम भने ६१ करोड ५४ लाख रुपैयाँभन्दा बढी छ ।
यस वर्ष कर्जा सापटी ८ अर्ब २९ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको कर्जा प्रवाह १३ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी रहेको छ । निक्षेप संकलन भने ३ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी छ । गत वर्ष ९ दशमलव १० प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ७ दशमलव ६१ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ५१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १५३ रुपैयाँ ७२ पैसा छ ।