काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कालिमाटी ब्यांकेटमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी, सभाले अन्य जलविद्युत आयोजनालाई प्राप्ति गर्न तथा मर्जर प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले नयाँ सञ्चालक समितिको निर्वाचन गर्नेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ११ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।