काठमाडौं । सोलार फार्म लिमिटेडले ३३ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारीमा रहेको कम्पनीले हाल कायम चुक्तापूँजी ४५ करोड रुपैयाँको आधारमा ३३ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
६० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्ने प्रस्ताव गर्दै कम्पनीले असार ६ गते विशेष साधारण सभा बोलाएको छ । आयोजना स्थल तनहुँको शुक्लागण्डकी-५,मा दिउँसो २ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीले हकप्रद शेयर विक्री गर्न लागेको हो ।