काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले भुक्तानी हुन बाँकी दाबीभन्दा पौने दुई करोडभन्दा बढी रकम भुक्तानी गरेको देखिएको छ ।
कम्पनीको आर्थिक वर्ष (आव) ०७३/७४ र ०७४/७५ का लेखापरीक्षकको प्रतिवेदनअनुसार कम्पनीले आव २०७०/७१ र २०७२/७३ को वित्तीय विवरणमा देखाइएको भुक्तानी हुन बाँकी दाबीभन्दा १ करोड ७९ लाख ७७ हजार ३७४ रुपैयाँ ३६ पैसा बढी भुक्तानी गरेको हो ।
कम्पनीले आव ०७१/७२ को वित्तीय विवरणमा देखाइएको भुक्तानी हुन बाँकी दाबीभन्दा ५५ लाख ६२ हजार १०६ रुपैयाँ ९७ पैसा अधिक देखाइएको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, आव ०७२/७३ को वित्तीय विवरणमा देखाइएको भुक्तानी हुन बाँकी दाबीभन्दा १ करोड २४ लाख १५ हजार २६७ रुपैयाँ ३९ पैसा बढी भुक्तानी गरेको देखिएको छ । सो आवमा कम्पनीको भुक्तानी हुन बाँकी दाबी ५ करोड ९३ लाख ८० हजार ६०४ रुपैयाँ ५७ पैसा रहेकोमा ७ करोड १७ लाख ९५ हजार ८७१ रुपैयाँ ९६ पैसा भुक्तानी गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
कम्पनीको आव ०७३/७४ र ०७४/७५ का लेखापरीक्षकहरूले कम्पनीको वित्तीय विवरणहरूमाथि कैफियतसहितको राय प्रतिवेदन पेश गरेका हुन् ।