काठमाडौं । ‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा ‘आरजी’ क्रियशन अघि बढ्दै गएको छ ।
कम्पनीले विदेशमा समेत होटल, इभेन्ट भेन्यू, नाइट क्लब, डिस्को थेक, क्यासिनो, ब्यांक्वेट, लाउञ्ज, क्याफे, बार, पब लगायत हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित प्रडक्टको कन्सेप्ट डिजाइन, कन्स्ट्रक्सन र सञ्चालन गरेको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष राम गिरीले लगानीकर्ताको बजेट र सोच अनुसार कमभन्दा कम लागतमा उत्कृष्ट प्रडक्ट डिजाइन एवं निर्माण गर्दै आइरहेको बताए ।
‘हामी नाइट क्लब तथा इभेन्ट भेन्यू निर्माण गर्दा त्यसको लागत कम गर्न, त्यसलाई सुरक्षित बनाउन र कसरी भव्य एवं आकर्षक देखाउने भनेर विशेष ध्यान दिन्छौं,’ कार्यकारी अध्यक्ष गिरीले भने, ‘नाइट क्लब तथा इभेन्ट भेन्यूहरूमा विश्वमा चलेका नयाँ ट्रेण्ड र फिचरलाई कस्टमाइज गरेर लागू गर्ने गरिएको छ ।’
कम्पनीले लगानीकर्ताको आवश्यकता अनुसार प्रोजेक्ट छनोटदेखि त्यसको कन्सेप्ट, डिजाइन, निर्माण र सञ्चालनसम्मको सम्पूर्ण सेवा उपलब्ध गराउँदै आइरहेको उनले बताए । आरजीले निर्माण गरेका परियोजनाहरूमा नयाँ पुस्ताकोे सोच र उनीहरूको मनोविज्ञानलाई बोध गरेर तथा लगानीकर्ताको बजेटलाई मिल्ने गरी विभिन्न सुविधा तथा फिचरहरू दिइरहेको उनको भनाइ छ ।
गिरीका अनुसार आरजीले डिजाइन तथा निर्माण गरेका प्रोजेक्ट अन्यभन्दा भिन्न र विशिष्ट देखिन्छन् । हस्पिटालिटी क्षेत्रमा उत्कृष्ट आउटलेटहरू निर्माण गरेर पर्यटन क्षेत्रमा योगदान दिने कम्पनीको उद्देश्य रहेको उनले बताए । उनले नयाँ कन्सेप्ट र डिजाइनका प्लेटफर्महरू निर्माण गरेर देशको आर्थिक विकासमा टेवा पुर्याउने र रोजगारी सिर्जना गर्ने उद्देश्य आरजीले लिएको जानकारी दिए ।
त्यसो त गिरी नै हस्पिटालिटी तथा कन्स्ट्रक्सनको क्षेत्रमा २० वर्षभन्दा लामो समयदेखि क्रियाशील छन् । उनले २० वर्षदेखि हासिल गरेको अनुभवलाई अहिले विभिन्न प्रडक्टहरूमा लागू गरिरहेका छन् ।
स्ट्रक्चर, इन्टेरियर, आर्टिटेक्ट, लाइट, साउण्ड, कलरिस्ट, निर्माणमा प्रयोग गरिने सामग्रीको गुणस्तर आदि हेर्नका लागि आरजी क्रियसन्समा विषय विज्ञ छुट्टाछुट्टै इन्जिनियरहरू कार्यरत छन् ।
दक्ष इन्जिनियरहरूलाई अध्यक्ष गिरी आफ्नो ‘कन्सेप्ट’ र प्रोजेक्टका लागि आवश्यक पर्ने ‘कन्टेन्ट क्रियट’ गरेर दिने गर्छन् ।
कम्पनीमा कार्यरत इन्जिनियर तथा कर्मचारीहरूलाई विदेशमा पठाएर तालिम लिने व्यवस्था गरिएको गिरीले बताए ।
कम्पनीले लगानीकर्ताको बजेट र निर्माण स्थलको भू–बनोट अनुसार आवश्यक पर्ने सामग्री स्वदेशी कारखानाबाट खरीद गर्ने गरेको छ । नेपालमा उपलब्ध नहुने सामग्री विदेशबाट कस्टमाइज गरेर सिधै आफूले आयात गर्ने भएकाले निर्माण लागत कम पर्ने गरेको उनको भनाइ छ ।
कम्पनीले निर्माण गरेको काठमाडौंको लाजिम्पाटमा रहेको अन्तरराष्ट्रिय स्तरको नाइट क्लब लिजेण्ड नेपाल सञ्चालनको तयारी गरिएको छ ।
‘मैले धेरै विदेशी कम्पनी र नाइट क्लबका क्षेत्रमा कार्यरतहरूसँग कुराकानी गरें,’ कार्की भन्छन्, ‘तर उनीहरूको प्रस्ताव र कन्सेप्ट चित्त बुझेन ।’
नेपालमै कन्सलट्यान्ट खोज्ने क्रममा कार्कीले आरजीसँग सम्पर्क भएको बताए । ‘आरजीले मलाई जुन डिजाइन र कन्सेप्ट दियो, त्यो निकै उत्कृष्ट लागेर लिजेण्ड नेपालको निर्माणको जिम्मा दिएको हुँ,’ उक्त नाइट क्लबका सञ्चालकमध्येका एक रमेश कार्कीले भने ।
अन्तरराष्ट्रिय स्तरका सबै मापदण्ड पूरा गरेर निर्माण भइरहेको नाइट क्लब लिजेण्ड नेपाल आरजीका लागि अर्को बेञ्चमार्क हुने गरेको कम्पनीका कार्यकारी अध्यक्ष गिरी बताउँछन् । उनका अनुसार लिजेण्ड नेपालमा साउण्ड सिस्टम, लाइट, एलइडी स्क्रिन, हाइड्रोलिक मेसिन लगायत तीन सयभन्दा बढी अत्याधुनिक सामग्री प्रयोग हुनेछन् ।
आरजी क्रिएसन्सका निर्देशक सुमित्रा पौडेल उप्रेती कम्पनीले निर्माण गर्ने प्रजेक्टहरूबाट नाफा आर्जन गर्नेभन्दा पनि लगानीकर्तालाई कसरी सुलभ खर्चमा उत्कृष्ट परियोजना दिन सकिन्छ भनेर कार्य गरिरहेको बताइन् ।
आरजी क्रिएसन्सले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेका परियोजनाका लागनीकर्ताहरू खुशी भएको र उहाँहरूले सोचेभन्दा उत्कृष्ट प्रोजेक्ट पाएर कम्पनीप्रति आभार प्रकट गर्ने गरेको निर्देशक उप्रेतीले उल्लेख गरिन् ।
कम्पनीले काठमाडौं उपत्यकामा रामबाग महल, म्याजेस्टिक ग्रान्ड, हर्षबाटिक, ताज रिसेप्सन, ताज प्यालेस, बौद्ध हेरिटेज, इम्पेरियल ब्यांक्वेट, रोयल इम्पायर बुटिक होटल लगायत दर्जनौं इभेन्ट भेन्यू निर्माण सम्पन्न गरी लगानीकर्ताहरूलाई हस्तान्तरण गरिसकिएको छ । आरजी क्रिएसन्सले धरान, इटहरी, पोखरालगायत क्षेत्रमा पनि हस्पिटालिटी क्षेत्रसँग सम्बन्धित परियोजनाहरू निर्माण गरिरहेको छ ।
आरजीले रात्रिकालिन व्यवसायतर्फ यसअघि काठमाडौंको दरबारमार्गस्थित प्रख्यात डेजाभु डिस्को थेक, भिक्ट्री लाउञ्ज एवं ठमेलमा फूल मुन क्याफे, फेसेस लाउञ्ज, रकर्स म्याजिक जस्ता चर्चित आउटलेटको निर्माण सम्पन्न गरिसकेको कम्पनीले जानकारी दिएको छ ।